Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, म्याग्दी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, म्याग्दी

बुधबार, आश्विन ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक वडापत्र

11 दिन अगाडी

2083-05-26


 

         जिल्ला प्रशासन कार्यालय, म्याग्दीको नागरिक वडापत्र

                                                                                    नागरिकता

क्र.सं.सेवाको विवरणआवश्यक कागजातहरू/प्रमाणहरू
१.१वंशजको आधारमा नेपाली नागरिकता

यस जिल्लाको निवेदक भएको हकमा

१. वडा अध्यक्षको सिफारिस सहितको अनुसूची-१ को अनलाईन फारम (Online) 

२. बाबु र आमाको नागरिकता, विवाहित महिला भए पतिको नागरिकताको र विवाह दर्ता प्रमाण पत्र

३. सनाखत गर्ने एक जना व्यक्ति तीनपुस्ताभित्रको (बाबु¸ आमा¸ दाजु¸ भाई¸ दिदी¸ बहिनी¸ काका¸ काकी¸ हजुरवुवा¸ हजुरआमा) नागरिकता 

४. अनलाईन (Online)   दर्ता भएको जन्मदर्ता प्रमाणपत्र,

५. शैक्षिक योग्यताका प्रमाणपत्रहरुको सक्कल प्रति, (SEE/ DLE) 

६. भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति 

७. बसाई सरी आएको हकमा बसाईसराई प्रमाणपत्र सक्कल र प्रतिलिपि

८. नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा माथि उल्लेखित सवै कागजातको अतिरिक्त सम्बन्धित वडा अध्यक्षको सनाखत र स्वघोषणा 

९. यस जिल्लाबाट मिति २०६१ साल पुर्व जारी भएको नागरिकताको हकमा आफ्नो सक्कल नागरिकता प्रमाण पत्र र क्र.सं. १.१ को वुदा नं. १ र ६ मा उल्लेखित कागजातहरु

१०. आवश्यकता अनुसार (प्रहरी/ वडा सर्जमिन मुचुल्का¸ सक्कल जग्गाधनी प्रमाणपुर्जा¸ मतदाता परिचयपत्र¸ राहदानी¸ नाबालिक परिचयपत्र लगायत अन्य कागजात)।

१.२वैवाहिक अंगीकृत नागरिकता (महिलाको लागि)

१. वडा अध्यक्षको सिफारिस सहितको अनूसूची-७ को फारम

२. पतिको नागरिकता र विवाहदर्ता प्रमाण पत्र सक्कल तथा प्रतिलिपि

३. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण

४. पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत

५. भिसा लाग्ने देशको महिला भए नेपाल आएको देखिने राहदानी सहित मान्य अवधिको भिसा ।

१.३कर्मचारी परिवारको नागरिकता

१. जिल्लामा कार्यरत सम्बन्धित निकायको सिफारिस पत्र र कर्मचारी परिचयपत्रको फोटोकपी

२. क्र.सं. १.१ मा उल्लेखित कागजातहरु 

१.४गैर-आवासीय नेपाली नागरिकताको प्रमाणपत्र

१. वडा अध्यक्षको सिफारिस सहितको अनुसूची-८ ग को अनलाईन फारम (Online) 

२. निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण/नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति,

३. अनुसुची ८ घ बमोजिमको प्रतिवद्धता पत्र, अनुसुची ८ च बमोजिमको सपथ, प्रतिवद्धता पत्र,

४. निवेदकले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता परित्याग गरेको प्रमाण,

५. विदेशी मुलुकको नागरिकता र राहदानी भएको प्रमाण,

६. आवश्यक्ता अनुसार अन्य कागजातहरु वडा/प्रहरी सर्जमिन मुचुल्का ¸ कर चुक्ता प्रमाण पत्र¸  CRS 

 

                                                                                नागरिकता प्रतिलिपि

क्र.सं.सेवाको विवरणआवश्यक कागजातहरू/प्रमाणहरू
२.१नागरिकता प्रतिलिपि

१. सम्बन्धित स्थानीय तहबाट सिफारिस गरेको अनुसूची -२ फारम र अटो साइजको फोटो ३ प्रति

२. नागरिकता प्रमाणपत्र, नम्बर एवम् जारी मिति खुल्ने प्रमाण र सोको प्रतिलिपि

यसको अतिरिक्त

अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि लिनु परेमा

१. बसाईसराई दर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपि

२. घर जग्गा धनी प्रमाण वा घर निमार्ण सम्पन्न वा एकीकृत कर तिरेको सक्कल तथा प्रतिलिपि

३. नागरिकता जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण

कर्मचारी परिवारको हकमा

१. सम्बन्धित कार्यालयको सिफारिस पत्र

२. जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण

३. कर्मचारी परिचयपत्रको प्रतिलिपि

पतिको नामथर समावेश गरी प्रतिलिपि लिने

१. पतिको सक्कल नागरिकताको प्रमाणपत्र र सनाखतको लागि उपस्थित

२. विवाहदर्ता प्रमाणपत्र सक्कल वा प्रतिलिपि

३. अन्य जिल्लाबाट नागरिकता जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण

पति/पत्नीको नामथर हटाएर प्रतिलिपि लिन

१. सम्बन्धविच्छेद भई पति/पत्नीको नाम हटाएर प्रतिलिपि लिन आउनेको हकमा सम्बन्धविच्छेदको अदालतको फैसला/मिलापत्र, स्थानीय तहको वडा कार्यालयमा दर्ता भएको सम्बन्धविच्छेदको दर्ता प्रमाणपत्र

२. पतिको नाम हटाउदाँ माइतितर्फ एकाघरको सनाखत आवश्यक पर्ने ।

२.२नागरिकता परित्याग

१. नागरिकता सक्कल प्रमाणपत्र र सक्कल राहदानी

३. अनुसूची ९ फारम फोटो सहित

४. विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकता प्रमाणपत्र तथा राहदानी वा प्राप्त हुने अग्रिम जानकारी पत्र (No Objection Latter)

५. व्यक्ति स्वयं उपस्थित भए नागरिकता परित्यागको सनाखत, व्यक्ति विदेशमा भएमा सम्बन्धित कुटनीतिक नियोगबाट गरेको सिफारिस

 

                                                                        विद्युतीय राहदानी (ePassport)

क्र.सं.सेवाको विवरणआवश्यक कागजातहरू/प्रमाणहरू
३.१.साधारण विद्युतीय राहदानी (Normal ePassport)

१.रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम

२. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल 

३. नाबालकको हकमा नावालिग परिचयपत्र र निजको बाबु वा आमामध्ये कुनै एक जनाको सक्कल नागरिकता, आमा र बाबुको विवाहदर्ता, बच्चाको जन्मदर्ता, संरक्षक नियुक्त भएकोमा संरक्षक भएको बेहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकता सक्कल 

४. पहिलो राहदानी लिएको भए सोको सक्कल

५. राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण 

६. राजश्व तिरेको भौचर

यसको अतिरिक्त

अन्यत्र जिल्लाबाट बसाईसराई वा विवाह गरी आउनेको हकमा

१. बसाईसराई दर्ता प्रमाणपत्र¸ विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता प्रमाणपत्र प्रतिलिपि

२. घर, जग्गा धनी प्रमाण वा घर निर्माण सम्पन्न वा एकीकृत कर तिरेको सक्कल 

३. CCIMS मा नागरिकता तथा नावालिक परिचयपत्रको विवरण भिडान हुने नसकेमा सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ 

३.२राहदानी लिन१. सक्कल नागरिकता वा रकम बुझाएको बैंकबाट प्राप्त रसिद सहित स्वयं व्यक्ति उपस्थित हुने यदि हुन नसकेमा अन्य परिवारका सदस्यलाई मञ्जुरीनामा दिएको प्रमाण पेश गर्नुपर्नेछ 

 

                                                                                  मुद्दा सम्बन्धी

क्र.सं.सेवाको विवरणआवश्यक कागजातहरू/प्रमाणहरू
४.१जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ अनुमितपक्राउ गर्ने प्रहरी कार्यालयले बाटोको म्याद र सार्वजनिक बिदा बाहेक २४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने
४.२म्याद थपसम्बन्धित प्रहरी कार्यालयले थुनुवा सहित नायब सुब्बा समक्ष पेश गर्ने
४.३मुद्दा दर्ता/बयान/थुनछेक आदेश म्याद जारी

१.प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने

२. अभियोग पत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तीमा डेढ घण्टा पहिले उपस्थित गराइएको हुनुपर्ने

३. फरार प्रतिवादीको ३ पुस्ते विवरण, स्पष्ट वतन र सम्पर्क नं. समेत अभियोग परेमा स्पष्ट खुलेको हुनुपर्ने

४.४म्याद तारेख तोक्ने/प्रमाण मुकरर गर्ने/पेशी तोक्नेसम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद/तारेख गुजारेको वा थुनामा रहेको वा अंग पुगेको हुनुपर्ने
४.५तारेखमा बोलाउने/तारेख थाम्ने

१. तारेख पर्चा/धरौटी जम्मा गरेको रसिद सहित तोकिएको दिन प्रतिवादी आफै उपस्थित हुने

२. पटक पटक वा एक पटकमा बढीमा १५ दिन तारेख थाम्न पाइने भएकोले तोकिएको ढाँचामा निवेदन दिनुपर्ने ।

४.६फैसला तयार गर्नेप्रमुख जिल्ला अधिकारीको आदेशानुसार
४.७प्रमाणित प्रतिलिपि दिनेमिसिलमा संलग्न कागजात र निर्णय फैसलाको प्रमाणित प्रतिलिपि लिनको लागि सरोकारवालाले तोकेको ढाँचामा निवेदन र तोकिएको दरमा टिकट टाँस गर्नु पर्नेछ। 
४.८सवारी दुर्घटनाका मृतकका हकदार/घाइतेलाई क्षतिपूर्ति, राहत, औषधिउपचार दिलाई भराई दिने

१. दुर्घटना पुष्ठी हुने मुचुल्का सहितका कागजातहरू (सम्बन्धित प्रहरीबाट घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, मृतकको नागरिकता, मृत्युदर्ता प्रमाणपत्र, नजिकको हकदारको नागरिकताको प्रमाणपत्र, नाता प्रमाणित र सम्बन्धित स्थानीय तहको सिफारिस पत्र) सहित सम्बन्धित व्यक्ति/हकदार स्वयं उपस्थित हुनुपर्ने

२. सवारी धनीका तर्फबाट सवारीधनी प्रमाणपत्र, बिमा अभिलेख, अख्तियारीनामा, रकम बुझाउनेको परिचयपत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनु पर्ने

४.९दण्ड जरिवाना असुल गर्नेप्रमुख जिल्ला अधिकारीको आदेशानुसार
४.१०बिगो भराउने दिलाउने

१. मुद्दा अन्तिम किनारा भएको वा पुनरावेदन अवधि नाघेको हुनुपर्ने

२. सम्बन्धित जाहेरवाला, घाईते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित (३ बर्ष भित्र) निवेदन दिनुपर्ने

३. प्रतिवादी फरार भएको/धरौटी जमानत नराखेको वा राखिएको धरौटी जमानत न्यून रही ठहरेको बिगो भराउन नसकिएको अवस्थामा बिगो भराउन सम्बन्धित प्रतिवादी नेपाल सरहद भित्रको जायजेथा देखाई दरखास्त दिनुपर्ने

४.११धरौटी फिर्ता१. यस कार्यालयबाट भएको फैसला चित्त बुझी पुनरावेदन नगर्ने भए सोही बेहोरा खुलेको धरौटी फिर्ता निवेदन दिनुपर्ने
४.१२सदरस्याहाप्रमुख जिल्ला अधिकारीको आदेशानुसार

 

                                                                        संस्था दर्ता, पत्रपत्रिका तथा छापाखाना

क्र.सं.सेवाको विवरणआवश्यक कागजातहरू/प्रमाणहरू
५.१संस्था दर्ता

१. संस्था दर्ताको लागि निवेदन

२. स्थानीय तहको सिफारिस पत्र

३. तदर्थ समितिका पदाधिकारी र सदस्यहरूले नेपाली कागजको प्रत्येक पानामा तलमाथि दस्तखत गरेको विधान ३ प्रति (नेपाली कागजमा)

४. संस्था दर्ताका लागि निम्न कुराहरू खोलिएको भेलाको निर्णय

  • सर्वसम्मतले तदर्थ समितिका पदाधिकारी र सदस्यको चयन गरिएको
  • सर्वसम्मतले संस्थाको नाम र ठेगाना छनौट गरिएको
  • विधान बनाउने विषय (विधान मस्यौदा उपसमिति गठन)
  • जिल्ला प्रशासन कार्यालय म्याग्दीमा संस्था दर्ता गर्ने निर्णय
  • तदर्थ समितिले विधान पारित गरी स्वीकृतका लागि स्थानीय अधिकारी समक्ष पेश गर्ने भनी गरेको निर्णयका साथै संस्था दर्ताका लागि पदाधिकारीहरूलाई अख्तियारनामा दिएको निर्णय

५. तदर्थ समितिका पदाधिकारीहरूको नागरिकताको प्रमाणित प्रतिलिपि १/१ प्रति र नाम, ठेगाना सम्पर्क नं. र फोटो सहितको नामावली

७. संस्थाका पदाधिकारीहरूको चालचलन बुझेको प्रहरी प्रतिवेदन

८. संस्थाको नाम र उद्देश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया लिनुपर्ने भएमा सोको सिफारिस 

१०. व्यापार व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूको संस्था भएमा संस्थाका पदाधिकारीहरूले सञ्चालन गरेको व्यवसाय इजाजत/अनुमति लिनुपर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपि र करचुक्ता प्रमाणपत्र प्रतिलिपि समेत पेश गर्नुपर्नेछ ।

५.२संस्था नविकरण

१. नविरकणका लागि निवेदन,

२. विधानसम्मत साधारणसभाले चालु आ.व. को लागि लेखा परिक्षक नियुक्ति, सम्बन्धित आ.व को लेखा परीक्षण प्रतिवेदन, बार्षिक प्रगति प्रतिवेदन र कार्य समिति छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष/सचिवले प्रमाणित गरेको प्रतिलिपि

३. सम्बन्धित आ.व. को लेखा परीक्षण प्रतिवेदन

४. नविकरणको लागि सम्बन्धित स्थानीय तहको सिफारिस

५. संस्थाको स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र

६. संस्थाको प्रमाणपत्र फोटोकपी

७. संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली

८. सम्बन्धित आ.व. को बार्षिक कार्यप्रगति विवरण

९. बालगृह सञ्चालन सम्बन्धी संस्था भएमा सशुल्क वा निशुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस,

१०. लेखापरिक्षकको प्रमाणपत्र, पान (PAN) दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रमाणपत्र (नवीकरण देखिने गरी), कर चुक्ता प्रमाणपत्र समेत

११. वैदेशिक सहयोग (नगदी/जिन्सी) बाट आयोजना तथा कार्यक्रम सञ्चालन गरेको भए समाज कल्याल परिषदको कार्यक्रम स्वीकृत पत्र, समाज कल्याण परिषदको अनुगमन प्रतिवेदन र कार्यक्रम सञ्चालन भएको स्थानीय तहबाट कार्यक्रम सम्पन्न /भैरहेको सिफारिस पत्र

५.३संस्थाको विधान संसोधन

१. रीतपूर्वतको निवेदन

२. तीन महले विधान-३ प्रति

४. संसोधन गर्ने प्रस्ताव कूल सदस्य संख्याको दुई तिहाई (२/३) साधारण सभा सदस्यहरूले पारित गरेको प्रमाणित निर्णय प्रति

नोट:- तीन महलेको शुरु पानाको माथि दस्तखत नगरी तलबाट दस्तखत गरी बाँकी पानाको माथि कार्यसमितिको सदस्यले दस्तखत गर्ने

५.४जिल्लामा संस्थाको शाखा खोल्ने

१. रीतपूर्वकको निवेदन

२. संस्थाको कार्यसमितिको निर्णय

३. विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण देखिने)

४. सम्बन्धित स्थानीय तहको सिफारिस

५.५पत्रपत्रिका दर्ता सम्बन्धी

क. प्रकाशन बारे

१. तोकिएको ढाँचाको निवेदन

२. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि

३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान प्रमाणपत्र, नविकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, अडिट रिपोर्ट, सञ्चालकहरूको बैठकको निर्णय समेतका कागजातहरूको प्रमाणित प्रतिलिपि

४. सञ्चालकहरू सबैको नागरिकताको फोटोकपी

५. प्रहरी चालचलन

ख. सम्पादक बारे

१. सम्पादकको नागरिकता प्रमाणपत्रको फोटोकपी

२. सम्पादकहरूको शैक्षिक योग्यताको एस.एल.सी. देखि स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका फोटोकपीहरू वा एस.एल.सी. उतिर्ण गरी पत्रकारितामा १० (दश) बर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रहरूको फोटोकपीहरू

३. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र

४. पत्रिकामा सम्पादक पदमा रही काम गर्ने बारेको सम्पादकको मञ्जुरीनामा

५. प्रहरी चालचलन

५.६छापाखाना सञ्चालन

१. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मञ्जुरी दिएको सिफारिस

२. छापाखाना दर्ता भएको प्रमाणपत्रको फोटोकपी

३. छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत दिएको प्रमाणपत्रको फोटोकपी

४. छापाखानाको प्रबन्ध पत्रको फोटोकपी

५. छापाखानाले कर तिरेको करचुक्ताको प्रमाणपत्र

 

                                                                नाबालिक परिचयपत्र तथा प्रतिलिपि

क्र.सं.सेवाको विवरणआवश्यक कागजातहरू/प्रमाणहरू
६.१. नाबालिक परिचयपत्र तथा प्रतिलिपि

१. तोकिएको ढाँचामा स्थानीय तहको सिफारिस

२. बाबु र आमाको नागरिकताको र विवाह दर्ता प्रमाणवत्रको सक्कल र फोटोकपी

३. नाबालकको जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको सक्कल र फोटोकपी

४. पासपोर्ट साइजको हालसालै खिचेको फोटो ५ प्रति (सिफारिसमा टाँस भए अनुसारको प्रमाणित फोटो) 

यसका अतिरिक्त

बसाईसराई गरी आएको भएमा

१. बसाईसराई दर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपि

२. जग्गाधनी दर्ता प्रमाणपत्र सक्कल तथा फोटोकपी

विदेशमा जन्म भएका नाबालकहरूको हकमा

१. नेपाल बाहिर जन्मस्थान हुनेको हकमा अस्पतालको Birth Certificate

२. नेपाल आउदाँ प्रयोग भएको बच्चाको One way travel document वा राहदानी, सो मा लागेको अध्यागमन कार्यालयको नेपालको छाप सहित

४. बच्चा लिएर आउने बाबुआमाको राहदानी सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप सहित

कर्मचारी परिवारको हकमा

१. कर्मचारी कार्यरत कार्यालयको सिफारिस पत्र र कर्मचारी परिचयपत्रको फोटोकपी

 

                                                                                     राष्ट्रिय परिचयपत्र

क्र.सं.सेवाको विवरणआवश्यक कागजातहरू/प्रमाणहरू
७.१राष्ट्रिय परिचयपत्र

१. रीतपूर्वक भरिएको QR code सहितको विद्युतीय अनलाइन फाराम

२. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल 

३. विवाहितको हकमा विवाहदर्ता, विवाह प्रमाणित/नाता प्रमाणित सक्कल

४. बसाई सरी आएको भएमा बसाईसराई दर्ता प्रमाणपत्र सक्कल

५. नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्ममिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा) विवरण पुष्ठी हुने अन्य कागजातहरू

६. निवेदक स्वयम् जैविक विवरण (Bio-matric) प्रविष्टिको लागि उपस्थित हुनुपर्नेछ्

७. स्थायी ठेगाना म्याग्दी बाहेक अन्य जिल्लाको हकमा कार्यालयको चापलाई मध्यनजर गर्दै सेवा प्रदान गर्न सकिनेछ

८. परिचयपत्र कार्ड लिन आउने सम्बन्धी म्यासेज मोबाइलमा प्राप्त भएपछि कार्ड लिन नागरिकता र उक्त म्यासेज सहित स्वयं उपस्थित हुनुपर्नेछ । 

७.२राष्ट्रिय परिचयपत्र संशोधन

१. राष्ट्रिय परिचयपत्र कार्ड सक्कल

२. संशोधन गर्नुपर्ने विषय सहितको निवेदन फाराम

३. राजश्व भौचर रसिद

४. राष्ट्रिय परिचयपत्र कार्ड प्रिन्ट भई नसकेको अवस्थामा नागरिकता र पुरानो राष्ट्रिय परिचयपत्रको लागि आवेदन रुजु दर्ता फाराम सहित कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ ।

 

                                                                  हातहतियार तथा अन्य निवेदनसँग सम्बन्धित कार्यहरू

क्र.सं.सेवाको विवरणआवश्यक कागजातहरू/प्रमाणहरू
८.१हातहतियार ईजाजतको आवेदन

१.नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन  

२. निवेदनको निरोगितताको प्रमाणपत्र 

३. प्रहरी प्रतिवेदन 

४. स्थानीय तहको सिफारिस

८.२हातहतियार नामसारी

१. निर्धारित ढाँचाको निवेदन

२. नागरिकताको प्रमाणपत्र 

३. स्थानीय तहको सिफारिस 

४. प्रहरी सर्जमिन मुचुल्का 

५. हातहतियारको ईजाजत पत्र

६. हकदाबी छाडेको कागज

८.३हातहतियार नविकरण

१.निर्धारित ढाँचाको निवेदन

२. सक्कल ईजाजत पत्र

३. वारेश मार्फत नविकरण गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिको मञ्जुरीनामा

८.४हातहतियार ईजाजतको प्रतिलिपि

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र ईजाजत नम्बर सहितको निवेदन

२. हराएको ईजाजतको हकमा प्रहरीको सिफारिस पत्र

८.६शान्ति सुरक्षा निवेदन सम्बन्धमासम्बन्धित निवेदकको नागरिकता प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनाशिव बेहोरा खुलेको निवेदन ।
८.७आदिवासी, दलित र खसआर्य सिफारिस वा प्रमाणित

१.सम्बन्धित स्थानीय तहको सिफारिस

२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन

३. स्थायी ठेगाना म्याग्दी नभएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र

४. कर्मचारी परिवारको हकमा सम्बन्धित सरकारी कार्यालयको सिफारिस पत्र

 

                                                                  प्रशासन फाँटसँग सम्बन्धित अन्य कार्यहरू

क्र.सं.सेवाको विवरणआवश्यक कागजातहरू/प्रमाणहरू
९.१कार्यक्रमको अनुमति एवम् सुरक्षा व्यवस्था

१.यस कार्यालयमा दर्ता भएका संस्था दर्ता एवम् नवीकरण भएको विवरण देखिने कागजातको प्रतिलिपि सहित कार्यक्रमको विस्तृत विवरण उल्लेख भएको पत्र र निवेदन

२. सम्बन्धित वडा कार्यालय वा स्थानीय तह वा अन्य निकायको सिफारिस लिनु पर्ने भएमा सो समेत

९.२UVA/DRONE  उडान अनुमति

१.नेपाल नागरिक उड्डयन प्राधिकरणमा ड्रोन दर्ता भएको प्रमाणपत्र

२. मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ मा उल्लेखित सम्पूर्ण कागजातहरू सहितको निवेदन पत्र

९.३भारतीय तथा बेलायती पेन्सनरको पारिवारिक विवरण लगायतका सिफारिस

१.सम्बन्धित वडा कार्यालयको सिफारिस

२. निवेदकको नागरिकता प्रमाणपत्रको फोटोकपी, पेन्सन पट्टाको फोटोकपी लगायत प्रमाण खुल्ने अन्य सम्पूर्ण कागजातहरू

९.४विष्फोटक पदार्थ आयतको सिफारिसविष्फोटक पदार्थ आयत, ओसारपसार, सञ्चय, प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि, २०७३ बमोजिम प्रक्रिया
९.५रसायनिक पदार्थ आयातको सिफारिसविष्फोटक पदार्थ आयत, ओसारपसार, सञ्चय, प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि, २०७३ बमोजिम प्रक्रिया
९.६अनियमतता एवम् भ्रष्ट्राचारजन्य कार्य उपर उजुरी

१.सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थानमा, के कस्तो अनियमितता वा भ्रष्ट्राचार सम्बन्धी कार्य गरेको हो सो खुलेको निवेदन

२. अनियमितता वा भ्रष्ट्राचार गरेको आधार वा प्रमाण भए सो सम्बन्धी कागजातहरू

 गुनासो वा ठाडो उजुरी सम्बन्धीसम्बन्धित निवेदकको नागरिकता प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनाशिब बेहोरा खुलेको निवेदन ।
९.७माथि उल्लेखित बाहेक अन्य कार्य सम्पादन गर्नुपरेमाप्रमुख जिल्ला अधिकारीको आदेश र नियमानुसार हुनेछ । 

 

 

 

नागरिक सेवा वडापत्र


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-05-30 09:44:51

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, म्याग्दी