Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, म्याग्दी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, म्याग्दी

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयकाे परिचय 2076-05-14

परिचय
जिल्लाको शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने गरी स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम वि.सं. २०२८ सालमा जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन भए अनुरुप प्रत्येक जिल्लामा एक प्रशासकीय अधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था भएको हो । स्थानीय प्रशासन ऐन, २०२८ प्रारम्भ भएपछि प्र.जि.अ. को काम कर्तव्य र अधिकार कानुनी रुपमा व्यवस्थित गरिएको छ ।

उद्देश्य 

जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु" जिल्ला प्रशासन कार्यालयको मुख्य उद्देश्य हो । जिल्ला प्रशासनलाई सबल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभूति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्न आफ्नो मातहतका कारागार कार्यालय, सुरक्षा निकायका रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत जिल्ला स्थित कार्यालय लगायतका स्थानीय तहका निकायहरु क्रियाशील रहेका छन् ।


दृष्टिकोण
नेपालको संविधान तथा प्रचलित कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्ने गरी कार्य गर्नु गृह प्रशासनको दृष्टिकोण भए अनुरुप सोही दृष्टिकोण पूरा गर्न जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो ।


लक्ष्य
जिल्लामा जनताको माग र आधारभूत आवश्यकता अनुरुप स्थानीय प्रशासनलाई सञ्चालन गरी जिल्लामा भरपर्दो शान्ति व्यवस्था र सुरक्षा प्रदान गर्नु समेत यस कार्यालयको लक्ष्य रहेको छ ।

 

जिल्ला प्रशासन कार्यालय, म्याग्दीबाट सम्पादन गरिने कार्यहरुः-

  1. आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन;
  2.  जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने;
  3. हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण;
  4. विस्फोटक पदार्थ सिफारिस र नियमन;
  5. विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन;
  6. सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
  7. गैर सरकारी संघ संस्था दर्ता, नवीकरण र नियमन;
  8. स्थानीय प्रशासनको सञ्चालन;
  9.  नागरिकता वितरण;
  10. बाल कल्याण तथा बाल अधिकारको संरक्षण;
  11. भ्रष्टाचार नियन्त्रण;
  12. कार्यालय निरीक्षण तथा अनुगमन;
  13. कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
  14. चिठ्ठा, जुवा आदिको नियन्त्रण;
  15. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
  16. विपद् व्यवस्थापन;
  17. जिल्ला स्तरमा सार्वजनिक उत्सव;
  18. मुआब्जा निर्धारण तथा वितरण;
  19. पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस;
  20. जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
  21. राहदानी वितरण;
  22. लागू औषध नियन्त्रण र प्रशासन;
  23. जिल्ला स्थित कारागारको व्यवस्थापन;
  24. जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
  25. द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण;
  26. निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
  27. जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग;
  28. राष्ट्रिय अनुसन्धानसँगको समन्वय, सूचना सङ्कलन र विश्लेषण;
  29. जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग ।


पछिल्लो अपडेट गरिएको : 2083-03-02 11:08:21

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, म्याग्दी .