Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, म्याग्दी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, म्याग्दी

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

म्याग्दी जिल्लाको परिचय

2076-08-08

2076-08-08


म्याग्दी.jpg तस्बिर :

म्याग्दी संघीय नेपालको गण्डकी प्रदेश अन्तर्गतको हिमाली जिल्ला हो । यस जिल्लाको पूर्वमा कास्की र पर्वत, पश्चिममा बागलुङ, डोल्पा र रुकुम, उत्तरमा मुस्ताङ र डोल्पा तथा दक्षिणमा बागलुङ जिल्ला पर्दछन । कुल क्षेत्रफल २,२९७ वर्ग कि.मी. (२,२९,७०६ हे.) रहेको यो जिल्ला भौगोलिक अवस्थितिका हिसाबले ८३०८' देखि ८३५३' पूर्वी देशान्तरसम्म र २८२०' देखि २८४७' उत्तरी अक्षांससम्म फैलिएको छ ।समुद्री सतहबाट न्युनतम ७९२ मीटर (रत्नेचौर बेनी नगरपालिका ) देखि अधिकतम ८१६७ मीटर (धौलागिरि हिमाल) सम्मको उचाईसम्ममा मूलत बेशी, उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्र गरी तीन किसिमको भुगोल रहेको छ ।उचाई अनुसार अर्धोष्ण, सम-सितोष्ण, शितोष्ण र अल्पाइन हावापानी रहेको छ भने बार्षिक औसत तापक्रम न्युनतम ३ देखि अधिकतम ३६०  सेल्सियस सम्म हुने गर्दछ । म्याग्दी जिल्लाको वर्तमान सिमाना २०३१ सालमा पर्वत र मुस्ताङबाट २० गाविसहरु (गाउँ पंचायत) यस जिल्लामा गाभिन आएपछि कायम हुन आएको हो ।२०१८ सालको सीमा विभाजन अनुसार गण्डकी पारिका ईलाकाहरु क्रमशः मुस्ताङ र पर्वत जिल्लामा रहेका थिए । तत्कालीन म्याग्दी जिल्लामा २१ गाविस (गाउँ पंचायत) मात्रै रहेका थिए । साविकमा १ नगरपालिका र ३५ गाउँ विकास समिति रहेकोमा स्थानीय तहको पुनर्संरचना पश्चात १ नगरपालिका (बेनी नगरपालिका) र ५ गाउँपालिका (धौलागिरी, मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण) रहेका छन् ।म्याग्दीमा प्रतिनीधि सभाको लागि एक निर्वाचन क्षेत्र र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र छन ।रहेको  वि.सं. 2068 सालको जनगणनाअनुसार यस जिल्लामा 27762 घरधुरी रहेका छन । जिल्लाको कुल जनसंख्या 113641 मध्ये महिला 62246 र पुरुष 51395 छन । जिल्लाको जनघनत्व 49 प्रति वर्ग कि.मी. रहेको छ । जिल्लामा मुख्य रुपमा ब्राह्मण, क्षेत्री, मगर, नेवार, थकाली, गुरुङ, गिगरी, छन्त्याल, कामी, दमै, सार्की जातिको बसोवास छ ।यहाँका मुख्य भाषामा नेपाली, नेवारी, गुरुङ, मगर, छन्त्याल पर्छन ।धार्मिक हिसाबले हिन्दु र बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको यो जिल्लामा केही मात्रामा मुस्लिम र क्रिश्चीयन धर्मावलम्विहरुको पनि बसोबास रहेको छ ।

 

पछिल्लो अपडेट गरिएको : 2083-03-02 11:08:21

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, म्याग्दी .